काठमाडौं— चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भएका शर्मा यसअघि नख्खु कारागारमा थुनामा रहेका थिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला शर्मा कारागारबाट भागेका थिए।
शर्मालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले शर्मालाई पक्राउ गरेको बताए।