डोटी— जिल्लाको शिखर नगरपालिका–८ तिलताली निवासी प्रहरी जवान शंकर बलायर मृत अवस्थामा फेला परेका छन्। शुक्रबार राति करिब १२ः१५ बजे गोपघाट भन्ने स्थानमा एक व्यक्ति लडेको सूचना पाएपछि प्रहरी टोली पुग्दा बलायर मृत अवस्थामा भेटिएका हुन्।
बलायरको टाउकोमा गम्भीर चोट देखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
बलायर हाल रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। उनी नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा दरबन्दी भएका थिए। असोज ७ गतेदेखि लागु हुने गरी उनी १८ दिनको बिदामा डोटी आएका थिए।