अपराध

    Showing 1,071-1,080 of 1,397 items.
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका—३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका—१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका—३२ बस्ने नुवाकोट विदुर नगरपालिका—५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका—६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइद

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 152 पटक पढिएको
  • एकपटक फोन गर्नु छ भनी झुक्याएर मोबाइल लुट्ने ३ जना पक्राउ

    काठमाडौं— मोबाइल लुटपाटमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा घर भएका सुरेश ठाकुर हजाम छन् । आरोपीहरुले वैशाख ५ मा काठमाडौंको बसुन्धारामा ट्याक्सी रोकेर ‘ठमेलमा सामान लिन जानुपर्नेछ’ एकपटक फोन गर्न भनेर मोबाइल मागी लुटेर फरार भएका हुन् ।प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीबाट मोबाइल लुट्न शिखरजङ्गसहित दुई जना मोटरसाइकल चढेर गएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।आरोपीहरुक

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 209 पटक पढिएको
  • श्रीमतीको हत्या गरी श्रीमान् फरार, छोराछोरी घाइते

    काठमाडौं— काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। गएराति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन।पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए।घटनास्थलबाट मृतक पुतलीका श्रीमा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 289 पटक पढिएको
  • गत चैत १५ गते राजावादीको आन्दोलनमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो । ३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन् । काठमाडौं–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको ब्युरोका एकजना अधिकृतले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 187 पटक पढिएको
  • मोटरसाइकल चढेर आएको व्यक्तिले युवतीमाथि गोली प्रहार

    काठमाडौं— रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ।गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 291 पटक पढिएको
  • अवैध लागु औषधसहित ५ जना पक्राउ

    काठमाडौं— अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई प पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन  र ओसार पसारमा संलग्न  जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी  ४

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 147 पटक पढिएको
  • गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

    काठमाडौं— कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको प्रहरीको भनाइ छ। उनको अवस्था खतरामुक्त भएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 296 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध कारोबारमा आमाछोरा प्रहरीको फन्दामा

    काठमाडौं— सुर्खेतमा प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा आमा छोरा प्रहरीको फन्दामा परेका छन् । बिहीबार वीरेन्द्रनगर नगरपालिका—१२ पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । विनिताको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार उनीहरुको साथबाट ३ दशमलव ३४० ग्राम लागुऔषध फेला पारेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 196 पटक पढिएको
  • बाल यौन दुरुपयोगको आरोप लागेका रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 256 पटक पढिएको
  • लेनदेनको विषयमा विवाद भएपछि वाइबामाथि आक्रमण

    काठमाडौं— आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । बुधवार राति उनकै सहकर्मीले काँडाघारीमा वाइबालाई रेन्चु प्रहार गरेकी हुन् । राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी हुन् । वाइवाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रेन्चुले प्रहार गरेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको छ । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ भने फरार भएकी थिइन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 176 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा