कञ्चनपुर— बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ९ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-८ बस्ने ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रमोद समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ५ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।