उदयपुर— १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका- १० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भीमबहादुर थापा मगर छन् ।

उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । भीमबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।