अपराध

    Showing 1,031-1,040 of 2,116 items.
  • आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए, साढे हजार अझै फरार

    काठमाडौँ, १० असोजः देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।  विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उहाँका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताउनुभयो ।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गत

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 277 पटक पढिएको
  • जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौं— गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।गृह मन्त्रालयले  बिहीबार  एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ । सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम क

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 680 पटक पढिएको
  • जेनजी आन्दोलनः वीरगन्जमा भएको क्षतिको विवरणमा महानगर र प्रहरीको फरक दाबी

    वीरगन्ज— जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा भएको तोडफोड, आगजनी र लुटपाटबाट भएको क्षतिबारे महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्साबीच फरक–फरक दाबी गरिएको छ।भदौ २४ गते आन्दोलनकारीहरूले वीरगन्ज महानगरपालिकामा प्रवेश गरी सवारीसाधन, भवन तथा कार्यालय सामग्रीमा तोडफोड र आगजनी गरेका थिए।महानगरपालिकाले करिब १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरिरहेकै बेला प्रहरीले भने १३ करोड रुपैयाँ बराबरको मात्रै क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको छ।महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, आगलागी र तोडफोडबाट १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र चारवटा भवनभित्रका सम्पू

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 572 पटक पढिएको
  • केन्द्रीय कारागारबाट भागेका २० जना भक्तपुरमा पक्राउ

    काठमाडौं— भदौ २४ गतेको प्रदर्शनपछि केन्द्रीय कारागारबाट भागेका २० जना कैदी भक्तपुरबाट पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार पक्राउ परेकामध्ये १९ जना पुरुष र १ जना महिला छन्। उनीहरूलाई फिर्ता लगेर केन्द्रीय कारागार, जगन्नाथदेवमा बुझाइएको छ।प्रदर्शनपछि देशभरका २८ वटा कारागार र ९ बालसुधार गृहबाट १४,५४९ जना कैदीबन्दी भागेका थिए।त्यसमध्ये बुधबारसम्म ७,७३५ जना पुनः नियन्त्रणमा आइसकेका छन्। अझै ६,८१३ जना फरार छन्।यसबीच, भाग्ने क्रममा सेनाको गोली लागेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 604 पटक पढिएको
  • लेनदेनको विषयमा विवाद हुँदा सुनसरीमा एक जनाको हत्या

    सुनसरी— लेनदेनको विषयमा उत्पन्न विवाद हिंसात्मक झगडामा परिणत हुँदा इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ।घटनामा संलग्न भएको आरोपमा स्थानीय ५५ वर्षीय लाले चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटका कारण गम्भीर घाइते भएका रामकुमारलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले घटनापछि तत्काल लाले चौधरीलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार लेनदेनसम्बन्धी विवादकै कारण झगडा भएको बताइएको छ।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 590 पटक पढिएको
  • जेनजी आन्दोलनमा उद्योग विभागको भवन क्षतिग्रस्त, सेवा भने सुचारु

    काठमाडौं—  जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट उद्योग विभागको भवन र अन्य संरचनामा क्षति पुगेको छ। आन्दोलनकारीहरूले विभागको भवन बाहिरका भागमा ढुंगामुढा तथा तोडफोड गरेपछि केही भौतिक संरचना क्षतिग्रस्त भएका हुन्।यद्यपि, विभागले आफ्नो प्राविधिक तथा प्रशासनिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जनाएको छ। विभागका अनुसार आन्तरिक कर्मचारीको समन्वय र सुरक्षाकर्मीको सहयोगमा सेवा प्रवाहमा कुनै बाधा नआएको हो।घटनापछि सुरक्षाका दृष्टिले विभाग परिसरमा थप प्रहरी परिचालन गरिएको छ। विभागले सेवा लिन आउने सेवाग्राहीलाई संयमता अपनाउन आग्रह गरेको छ भने क्षति मूल्यांकनको काम सुरु भइसकेको जनाएको छ।सरकारले आन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 560 पटक पढिएको
  • कारागारबाट फरार कैदी पर्साबाट पक्राउ, श्रीमतीको हत्यामा दोषी ठहर

    काठमाडौं— काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति कालिकामाई गाउँपालिका–५ का ४० वर्षीय मुक्तिनारायण कुर्मी हुन्। उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेल तोडफोडपछि भागेका थिए।इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई मंगलबार आफ्नै गाउँबाट पक्राउ गरेको हो।कुर्मीलाई पर्सा जिल्ला अदालतले आफ्नै श्रीमती ३५ वर्षीया संगिता देवी कुर्मीको हत्या गरेको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको थियो। उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेका थिए।फरार भएपछि उनी गाउँमै लुकीछिपी बस्दै आएका थिए।प्रहरीले आवश्यक कानुन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 482 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन ल्याउँदै गरेका भारतीय नागरिक विमानस्थलमा पक्राउ

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।मंगलबार दिउँसो विमानस्थलको आगमन भन्सार क्षेत्रबाट पक्राउ पर्ने व्यक्ति ४८ वर्षीय रोनक मदनी रहेको विमानस्थल प्रहरीले जनाएको छ। भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका मदनीको शारीरिक हाउभाउ शंकास्पद देखिएपछि प्रहरीले थप जाँच गरेको थियो।प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो। त्यहाँ गरिएको भिडियो एक्सरेबाट मलद्वारभित्र लुकाइएको अवस्थामा तीनवटा डल्लामा राखिएको ८३५ ग्राम सुन फेला परेको हो।बरामद गरिएको सुन अवैध रूपमा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 728 पटक पढिएको
  • बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका

    बाजुरा— बाजुरामा एक आर्थिक वर्षमा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार बाजुरामा गत आर्थिक बर्ष २०८१/८२ मा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् भने चालू आर्थिक बर्षको ३ महिना असोज ७ गतेसम्म मात्रै विभिन्न प्रकृतिका ११ वटा मुद्दा दर्ता भएका छन्।गत आर्थिक बर्षमा सबैभन्दा बढि भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जवरजस्ती करणी, अपहरण गरि जवरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 648 पटक पढिएको
  • प्युठानमा खोलाले बगाउँदा १० वर्षीया बालिका बेपत्ता

    दाङ— प्युठानको झिमरूक गाउँपालिका–८ मा खोलामा बगेर एक बालिका बेपत्ता भएकी छन्।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार १० वर्षीया खुसी सामत मंगलबार दिउँसो झिमरूक खोलामा पौडी खेल्ने क्रममा बगेर हराएकी हुन्।दिउँसो करिब १ः४५ बजे घटनास्थल नजिकै खेल्ने क्रममा खुसी खोलाको भेलमा बगेको स्थानीयहरूले देखेका थिए। खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी टोली र स्थानीयवासी खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ।घटनास्थल आसपास खोजी जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.