काठमाडौ ।नेपाल प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरेको छ।उनिहरुलाई विशेष सूचना प्राप्त भएपछि देशका विभिन्न जिल्ला र नगरहरूमा छापामारी गर्दै लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुनसरी, धरान उपमहानगरपालिका-४ लामाचौरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, विराटन
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं— काठमाडौंको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७२ वर्षीय खेमराज सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई सुकेधाराबाट पक्राउ गरेको हो ।सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।
काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ । २० देखि ४० सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् । अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा प्रहार गरिरहेको देखिन्छ ।उक्त घटना भएको भिडियो कम्तीमा सात–आठ महिना पुरानो भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।'सात–आठ महिना अघिको भिडियो अहिले पोष्ट भएको रहेछ' उनले भने, ।प्रहरीका अनुसार कुटपिटमा संलग्न
काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा भर्ना भएका एक व्यक्तिहरूलाई शारीरिक यातना दिएको भिडियो बाहिरिएको छ । सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको भिडियो सार्वजनिक भएको हो ।सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त भिडियोको दृश्यमा एक युवकलाई चार जनाले समातेर सेतो लाठीले पैतलामा हानेको दृश्य देखिन्छ ।अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको चारैतिर आलोचना भइरहेको छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।उक्त सुधार केन्द्रको उद्घाटन गौर नगरपालिका नगरप्रमुख शम्भु साहले गरेका थिए । त्यहाँ भर्ना भएका व्यक्तिहरूलाई यातन
झापा – झापामा लागुऔषध तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाएको छ। तर गोली चलाइए पनि ती व्यक्ति फरार भएका छन्।सोमबार बिहान करिब ८:४५ बजे झापाको कनकाई नगरपालिका–५ स्थित चाप्रामारी नजिकैको सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले सवारी चेकजाँच गरिरहेको थियो। त्यसक्रममा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्तिलाई रोक्न खोज्दा उनी आफ्नो झोला र मोटरसाइकल छाडेर भागेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार फरार व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। यद्यपि, ती व्यक्ति प्रहरीको निगरानीबाट उम्किन सफल भए। छाडिएको झोल
काठमाडौं— विगत केही बर्षदेखि दाइजोको कारण घरेलु हिंसामा परेकी कञ्चन रौनियार् न्यायको पर्खाइमा छिन्। तर् न्यायलयले भने अझै न्याय् दिन सकेको छैन् । सर्लाहिको हरिवन नगरपालिकाका नयाँरोड भएको रोहित गुप्ता सङ्ग कन्चनको बिवाह भएको थियो । उनिहरुको प्रेम बिवाह भयतापनि दाइजोमा कुरा नमिल्दा कञ्चन् माथि घरेलु हिंसा सुरु भएको उनी बताउछिन् ।
काठमाडौं— प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम सहित पक्राउ गरेको एसपी बोहर
काठमाडौं— दाङमा विद्यार्थीले शिक्षकलाई खुँडा प्रहार गरी फरार भएका छन् । पक्राउ पर्नेमा कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश वि.क रहेका छन् ।तुलसीपुर उपमहागनरपालिका–६ रजौरास्थित हिमाल एकाडेमीमा शिक्षकमाथि खुँडा प्रहार गरेर फरार रहेका कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश वि.कलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते शुक्रबार बिहान सवा ९ बजेतिर शिक्षक बिशेष श्रेष्ठमाथि विद्यालयमै खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारपछि फरार रहँदै आएका बिकलाई प्रहरीले शनिबार राति तुलसीपुर–४ को हलवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकार
काठमाडौं— झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह–१ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।उनीहरुले गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बरऔ १ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा पक्राउ परेका हुन्।गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह– १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए।त्यसपछि लिम्बूको घरम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.