काठमाडौं— जेनजी आन्दोलनका बेला ललितपुरस्थित नक्खु कारागारबाट भागेका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ २४ गते नक्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामालाई सोमबार काठमाडौंको गुह्येश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनलाई नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ।






































