काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ। आउँदो वैशाख २ गते बुधबार बिहान ११ बजे अनुशासन समितिको बैठक बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामै अनुशासन समितिको बैठक बोलाइएको हो। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बोलाइएको हो। बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।