काठमाडौं— प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले नयाँ सांसदहरुलाई नातावाद, कृपावाद र चाकरीवादबाट बच्न सुझाव दिएका छन् ।
नातावाद र कृपावादलाई ‘भाइरस’को संघ्या दिँदै पुनले यो भाइरसबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् ।
‘नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद नेपालका लागि भाइरस् हुन् । सदियौँदेखि रहिआएको यो भाइरसबाट बच्नुहोस् भन्न चाहन्छु ।’, उनले भने, ‘नयाँ सरकार र नयाँ सांसदहरुले यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्यो ।’
त्यस्तै, उनले अर्थतन्त्रको विकासका लागि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान र नवप्रवर्तनजस्ता विषयमा जोड दिनुपर्ने बताएका छन् । उनले त्यसका लागि पर्याप्त बजेट विनियोजन गर्न र बलियो मन्त्रालय गठन गर्न पनि माग गरेका छन् ।






































