काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू स्वेच्छाले छोड्न आग्रह गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वसरकारको समयमा नियुक्त भएका व्यक्तिहरूले नैतिकताको आधारमा पदबाट राजीनामा दिने अपेक्षा व्यक्त गरे। “हिजो नियुक्ति लिएकाहरू स्वेच्छाले पद त्याग्नुहुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने।
लामिछानेले राजनीतिक नियुक्तिहरूलाई सुधार गर्ने सन्दर्भमा स्वेच्छिक राजीनामालाई उचित कदमका रूपमा प्रस्तुत गरेका छन्।






































