काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आजपनि आन्दोलन जारी छ ।
सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।
माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले प्रतिसोधको आधारमा ओलीलाई पक्राउ गरेको बताएका छन् । आन्दोलनमा सहभागि नेता कर्ण थापाले एमालेप्रति प्रतिसोध साँध्ने सरकार आएको भन्दै जनताले दिएको जनमतको दुरुपयोग भएको धारणा राखे ।
उनले भने,‘हाम्रा नेता वा पार्टीलाई प्रतिसोध साँध्ने सरकार आयो । यो सरकार विधिको शासन मान्ने कुरा र सुशासनको कुरा गरेर जनताले साथ दिए तर जनताले मत पाएपछि जे गरेपनि हुन्छ भन्ने सोच पलाएको देखिन्छ ।’
सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने सहभागीहरुले माग गरेका छन् ।






































