काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ । जसमा दलित समुदायकी सीता वादीसमेत छिन् । रास्वपाले सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिलामन्त्री बनाएको हो । 

प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

बालेन प्रधानमन्त्रीमा नियुक्त

बालेनसहित रास्वपाका शीर्ष नेताले अब बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । मन्त्री बन्ने १६ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ ।

प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची 

१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा 

२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री

३. सुधन गुरुङ – गृहमन्त्री 

४. शिशिर खनाल – परराष्ट्रमन्त्री

५. सोविता गौतम – कानुनमन्त्री

६. सस्मित पोखरेल – शिक्षामन्त्री

७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात

८. प्रतिभा रावल – सामान्य प्रशासनरभूमि, सहकारी तथा गरिबी निवारण

९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति

११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ

१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या

१३. गनेश पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना

१५. दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१६. गीता चौधरी – कृषि तथा पशुपन्छी