काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र रूपमा अघि बढेको बताएका छन् ।

उनका अनुसार आज अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिनेछ।

‘नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ । त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ,’ उनले भने ।

बैठकका लागि वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । शपथ ग्रहण कार्यक्रम सकिएसँगै केन्द्रीय समितिका सदस्यहरू कार्यालयतर्फ आउने क्रम जारी रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।