काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य, निर्देशन समिति सदस्य तथा केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन्। उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।

उनले 'राजाको एजेन्डा लिने, राज आज्ञा पालन नगर्ने, दलित समस्याप्रति संवेदनशील नभएको, समानुपातिक ४ सिटमा १ जना खसआर्य र १ जना दलित मिलाउन सकिनेमा नराखेको' लगायत कुरा उल्लेख गरेका छन्।

साथै राप्रपाको राजनीतिक र वैचारिक स्पष्टता नभएको उनको आरोप छ।