काठमाण्डौ  ।  नेपाली काङ्ग्रेसका सभापति गगन थापाले निर्वाचनको अप्रत्याशित हार व्यहोरेको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । 

थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।