काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय मर्यादा सिकाउन आफ्ना नवनिर्वाचित सांसदलाई अभिमुखीकरण तालिम दिइरहेको छ ।
मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सुरु भएको अभिमुखीकरण आज समापन हुँदै छ ।
हिजो रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए । मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित भई सम्बोधन गर्ने बताइएको थियो ।
तर, कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित नहुने भएका छन् ।
“अस्वस्थ अवस्था र केही दिनपछि मानसिक एवं शारीरिक रूपमा सक्रिय हुनुपर्ने देखिएकाले समापन कार्यक्रममा उहाँ आउनुहुन्न,” प्रवक्ता मनिष झाले जानकारी दिए ।
यद्यपि, पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य राख्ने कार्यतालिका छ ।






































