काठमाडौं— रास्वपा सांसद सुधन गुरुङले सांसद भएपछि आफूले तलब भत्ता नलिने र सरकारी गाडी नचढ्ने उद्घोष गरेका छन्।

आजदेखि सुरु भएको रास्वपाको सांसद प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँगको संवादमा गुरुङले भने, “म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ। मेरो आफ्नै गाडी छ र म आफैँ सक्षम छु।”

उनको यस उद्घोषले पार्टी र आम जनसमुदायमा सरसल्लाह र चर्चा बढाएको छ।