काठमाडौं— नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुंगो लगाएको हो ।
आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसैगरी, यशोदा कुमारी बराल, टुकाभद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् ।
त्यसैगरी, थारु कलस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया वि।के। र नीता घतानी रहेका छन् । यसैगरी, मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र मुस्लिमतर्फबाट एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ ।





































