काठमाडौं— नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधार आवश्यक रहेको भन्दै नारा र जुलुसका भरमा नेतृत्व जोगाउन नसकिने बताएका छन्।

उनले अब अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउन नारा–जुलुस गर्ने राजनीति सम्भव नभएको उल्लेख गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्ने बताए।

पाण्डेले पार्टीलाई बलियो बनाउन आन्तरिक बहस, आलोचना र आत्मसमीक्षा आवश्यक रहेको पनि धारणा राखेका छन्।