काठमाडौ— प्रतिनिधिसभा सदस्य गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।
सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्।
गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ७ हजार ११६ मत ल्याएका छन्।






































