दोलखा— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन्।
उनले ३२ हजार ३७६ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे। साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेका छन्।






































