कैलाली— प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।