काठमाडौं— २०८२ साल भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित कार्की आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन्।

झण्डै छ महिनासम्म विस्तृत अनुसन्धान र जाँचबुझ गरेपछि आयोगले आफ्नो निष्कर्षसहितको प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो।

सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उक्त जाँचबुझ आयोग गठन गरेको थियो। अनुसन्धानका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बयान लिएको जनाएको छ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगप्रति धन्यवाद व्यक्त गर्दै अब प्रतिवेदनका आधारमा सरकारले आवश्यक थप प्रक्रिया अघि बढाउने बताएकी छन्। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार सरकार अब प्रतिवेदनमा उल्लेखित विषयहरूमा आवश्यक निर्णय गर्ने तयारीमा छ।