बर्दिया— बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन्। उनीले ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।






































