सिराहा— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ९ हजार ८७९ मत, जनता समाजवादी पार्टी नेपालका असेश्वर यादवले ५ हजार ६७१ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारतर्फ जनमत पार्टीका रोहित महतोले ८२० मत तथा उज्यालो नेपाल पार्टीका श्रवण पासवानले ५७० मत प्राप्त गरेका छन् ।
यससँगै सिराहा क्षेत्र नं. ३ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेको छ ।






































