काठमाडौं— काभ्रेपलान्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले तीन हजार ७४९ मत र राप्रपाका रन्जित श्रेष्ठले एक हजार १२५ मत प्राप्त गरेका छन् ।
काभ्रे –२ मा १६ राजनीति दल र आठ स्वतन्त्र गरि २४ जनाले उम्मेदवारी दिएका थिए । यसअघि २०७९ मा काभ्रे–२ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए ।






































