गोरखा— प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् । गुरुङले ९० मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् ।