काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् ।

सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् भने उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत प्राप्त गरे ।

त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।

दाङ–२ मा कुल ८२ हजार ६ मत खसेको थियो ।