काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्च अधिकारीहरुको टोलीले निर्वाचनको सुरक्षा सन्दर्भमा मनिटरिङ गरेका छन् ।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्ट्रोल रुममा बसेर सबै निर्वाचन क्षेत्रहरूको मनिटरिङ समन्वय र सहकार्य गरिरहनुभएको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिएका हुन् ।






































