काठमाडौं –  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।

७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३,११२ मतदान केन्द्र र समानुपातिक मत केन्द्र १४३ स्थानमा कर्मचारी परिचालन गरिनेछ। सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा नौ, र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएकोपछि उनीहरूले अन्य कर्मचारीलाई मतदान प्रक्रियामा प्रशिक्षण दिने व्यवस्था पनि गरिएको छ। निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।