काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।






































