काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले औपचारिक पत्र पठाएर संवादका लागि आमन्त्रण गरेपछि दुवै पक्षबीच पहिलोपटक वार्ता हुन लागेको हो । वार्ता दिउँसो ३ बजे हुने बताइएको छ। प्रसाईंले राजसंस्थाको पुनःस्थापना, नेपाललाई हिन्दु अधिराज्यको रूपमा पुनर्गठन लगायतका माग राख्दै सरकारलाई ती माग पूरा गर्न दबाब दिइरहेका छन्।

उनले आफ्नो माग स्वीकार नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिंदै आएका छन् ।