काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा मङलबार दिनभर उनीमाथि बयान लिइएको थियो ।
उनलाई मङलबार बिहान ९ बजे बयानका लागि लगिएको थियो । सरकारी वकिल कार्यालयमा बेलुका ५ बजेतिर उनको बयान सकिएको हो ।
सभापति लामिछानेलाई प्रहरीले आज बुधबार पोखरा फर्काइदै छ । बिहानको उडानबाट काठमाण्डौ ल्याएर काठमाण्डौबाट फेरि पोखरा लाने प्रहरीले जानकारी दिएको छ ।