बिराटनगर ।  नेपाल पत्रकार महासंघको यही  डिसेम्बर १३मा हुने निर्वाचनमा कोशी प्रदेशको कार्यसमितिको अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।

जसअनुसार अध्यक्षमा भरतबहादुर खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान, महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई (चाम्लिङ्ग) र हिमाकुमारी चेम्जोङ्गको उम्मेदवारी परेको छ ।यसैगरी खुल्ला सचिवमा ध्रुव भट्टराई (सूर्यबहादुर) र बाबुराम कार्कीले उम्मेदवारी दिएका छन् भने समावेशी सचिवमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ ।

OM Sai Pathibhara Hospital

कोषाध्यक्षमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाको उम्मेदवारी परेको छ । यसैगरी खुल्ला सदस्यमा विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली र रामधन राईको उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्यमा अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ्ग, बुद्धमाया सोमी र रामजना अधिकारी (रञ्जना) को उम्मेदवारी पर्दा दलित सदस्यमा अनिता रसाइली र किशोर विश्वकर्माको उम्मेदवारी परेको छ । यसैगरी सदस्य (आदिवासी जनजाती)तर्फ अनिलदेव राई, खनेन्द्रकुमार राई (अर्जुन कुलुङ्ग राई), दिनेश सुब्बा र लाक्पा जी शेर्पा (लाक्पा गेल्जे)को उम्मेदवारी परेको छ ।

यस्तै, सदस्य (मधेसी)तर्फ अविनाश कुमार निधि, आशिषकुमार यादव, चन्दनकुमार रौनियार र सत्यनारायण शर्माको उम्मेदवारी पर्दा सदस्य (अल्पसङ्ख्यक)तर्फ लुकमान अन्सारी र विजय धिमालको उम्मेदवारी परेको निर्वाचन अधिकृत यज्ञ शर्माले जानकारी दिए । कोशी प्रदेशका १४ वटै जिल्लाबाट आकांक्षीहरूले सोमबार प्रदेश पत्रकार महासंघको कार्यालय विराटनगरमा उम्मेदवारी दर्ता गराएका हुन् ।पत्रकार महासंघको कार्यालय विराटनगरमा उम्मेदवारी दर्ता गराएका हुन् ।