बेलबारी । युवाहरुको नेतृत्व र ब्यत्तित्व क्षमता अभिबृद्धिका लागि अब्बल मानिँदै आएको जेसिजको नेतृत्वका लागि यतिबेला युवाहरुबिच हानाथाप छ ।
यहि बिच मोरङको बेलबारीमा रहेको बेलबारी जेसिजको नेतृत्वका लागि समेत दुई युवाहरुबिच नेतृत्वको दाबी रहेको छ । दुबै युवाहरुबिच सहमति हुन नसकेपछि यहि डिसेम्बर १३ शुक्रबारका लागि निर्बाचन समेत तोकिएको छ ।
बेलबारी जेसिजको अध्यक्षका लागि सर्बसम्मत हुने पक्का भएका पुष्कल सुवेदी (सियोम) र अच्युत पौडेलले दाबी नगरेपछि अध्यक्षका लागि बिराज न्यौपाने र सन्तोष भट्टराई प्रतिष्पर्धामा उत्रिएका हुन । गत बर्षदेखि चुनावमा होमिएको बेलबारी जेसिज नेतृत्वका लागि प्रतिष्पर्धा गरिरहँदा सदस्य बिस्तारमा भने कमजोर बन्दै गएको छ ।
कुनैबेला २ सय ५४ जना सम्म सदस्य रहेको बेलबारी जेसिज हाल ७५ जना सदस्यमा खुम्चिएको छ । बेलबारी जेसिजको गत बर्ष भएको निर्बाचनमा भुवन पौडेललाई पराजित गर्दै प्रशान्त निरौला चयन भएका थिए । यसपटक सर्बसम्मत नेतृत्व चयन हुने आशा बोकेका जेसिजका सदस्यहरुमा निर्बाचन हुने अबस्था सिर्जना भएपछि सदस्यहरु समेत दुई ध्रुबमा बाँडिएका छन । एकातिर सदस्य घटदो क्रममा छ भने अर्कोतर्फ निर्बाचनका कारण सदस्यहरु नै बिभाजित भएका छन । अध्यक्षका उम्मेदवार भट्टराई नेपाली काँग्रेस बेलबारीका सचिब हुन भने न्यौपाने नेकपा एमालेका सक्रिय सदस्य हुन ।