धादिङ । पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको हो।
श्रीराम ग्यास बोकेको बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो। दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।






































