कास्की । सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
यसअघि कास्की जिल्ला अदालतले गत ९ मंसिरमा १५ दिनका लागि दिएको म्याद शुक्रबार राति नै सकिएको थियो। शनिबार अदालत बन्द भएकाले आज मात्र लामिछानेलाई अदालतमा पेश गर्न लागिएको हो।
लामिछानेसँगै, पूर्व प्रहरी डीआईजी छविलाल जोशीसहित पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न अन्य व्यक्तिहरूलाई पनि आज अदालतमा पेश गरिने छ।






































