वीरगञ्ज । ६० किलो चाँदीसहित कर्म शाह अमलेखगञ्जले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित वीरगञ्जबाट हेटौँडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ६० किलो चाँदी बरामद भएको हो।
एक करोड दुइ लाख मूल्य बराबरको ६० किलो चाँदीसहित १ जनालाई बारा प्रहरीको पक्राउ गरेका छन्। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका— ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।






































