काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई चितवनबाट मध्यराति पोखरा लगिएको हो ।बिहान लैजाँदा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्याइएको प्रहरीले जनाएको छ । उनलाई साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयानका लागि लगिएको थियो ।बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले उनलाई फेरि विरगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो । वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा पर्सा जिल्ला अदालतबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले रातारात गाडीमा पोखरा लागेको छ। राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा पुर्याएको हो । आज बिहानको जहाजको टिकट हुँदाहुँदै प्रहरीले राति सुतिसकेका रवीलाई पोखरा अहिले नै जाने भनेर रविलाई गाडीमा हाली पोखरा लागेको हो ।






































