बिराट चौक   ।   माेरङकाे सुन्दरहरैँचा ७ गाेठगाउँस्थित सामाजिक मिलन केन्द्रकाे पहिलाे स्थापना दिवस सम्पन्न भएकाे छ ।

" मिलेर बसौं हाँसेर बाँचौ " भन्ने नारा रहेको केन्द्रकाे   प्रथम बार्षिक उत्सव हिरा भट्टराईकाे प्रमख आतिथ्री तथा  उमेश उप्रेतीकाे विशिष्ट आतिथ्यमा भएको थियाे । 

साथै  केन्द्रका आजिवन सदस्य  अनुरोध शाहबाट प्रदान गरिएको न्यानो कम्मल निम्न बर्ग प्रति लक्षित गरि  वितरण गरिएकाे थियाे । कार्यक्रम केन्द्रका अध्यक्ष गंगानाथ पोखरेलकाे सभापतित्वमा भएको थियाे ।