काठमाण्डौ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ।
बिहिबार आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। स्थानीय तह उपनिर्वाचनको माओवादीले समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
साथै, बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि छलफल हुने बताइएको छ।






































