काठमाण्डौ । आज रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौंबाट बुद्ध एअरमार्फत चितवन लगिएको छ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ।
चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई सिधै चितवन लगिएको हो। लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार बयान सकिएको थियो।