तिनसुकिया (असम)  ।    तिनसुकिया जिल्लाको मार्घेरिटामा आतंक मच्चाइरहेको  चितुवालाई वन विभागका कर्मचारी द्वारा समातिएपछि स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्। 

वन विभागले आइतवार जानकारी दिदै स्थानीय मानिसहरूबाट उजुरी प्राप्त भएपछि चितुवालाई समात्नको लागि मार्घेरिटा वन कार्यालयले क्षेत्रमा पासो थापेको थियो, फलस्वरूप चितुवा पासोमा फसेको छ ।चितुवालाई समातिएपछि स्थानीय मानिसहरूको ठूलो संख्या अहिले चितुवालाई हेर्न आएका बताए । 

स्थानीय मानिसले त्यस क्षेत्रमा चितुवाको संख्या धेरै छ। वन विभागसित अन्य चितुवाहरूलाई पनि खोर राखेर चाँड़ै समात्ने अपील स्थानीयले गरेका छन्।