धनकुटा :धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।

सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो। प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन्। भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन्। 

उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए।शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ।