लहान  ।    मदिरा तस्करले गाडीले ठक्कर दिएर सिराहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीमा सशस्त्रका सई लक्ष्मणप्रसाद यादवको हत्या भएको हो।

यादव बीओपी बरहरीमा कार्यरत थिए। ड्युटीमै रहेका वेला उनको हत्या भएको हो। मदिरा तस्करी रोक्न खटिएका सई यादवलाई आईतबार बिहान करिब ३ बजे चारपाङ्ग्रे गाडीले ठक्कर दिएको जनाईएको छ।

स्थानीयका अनुसार गाडीलाई सई यादवले रोक्न खोजेका थिए। त्यसपछि मदिरा बोकेको गाडीले स्पिड बढाएर उनलाई ठक्कर दिएर भागेको थियो। गाडीको ठक्करबाट उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए। उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेको छ। गाडीको नम्बर खुलेको छैन।

भारतको विहारमा मदिरा प्रतिबन्धित भएदेखि नै मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट तस्करी हुने गरेको छ।