काठमाण्डौ  ।  एमालेले दरबारमार्गस्थित खुला सडकमा शुक्रबार जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्देशनमा महानगरले १ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००।०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’FB_IMG_1732289397072

OM Sai Pathibhara Hospital

FB_IMG_1732289409478