काठमाडौं— स्थानीय बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ।  सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो।

बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

OM Sai Pathibhara Hospital

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।