गाईघाट   ।   उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ असारी स्थित दनुवारी चोकमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक महादेव चौधरीको मृत्यु भएको छ। सो मोटरसाईकलमा सवार उनका दुई छोराहरु, दिवाकर (१५ वर्ष) र कृष्ण (१० वर्ष), घाईते भएका छन्।

दुर्घटनापछि प्रहरी टोलीले घटनास्थलमा पुगेर घाईतेलाई जिल्ला अस्पताल उदयपुर ल्याएको थियो। महादेव चौधरीलाई मृत घोषित गरिएपछि उनका छोराहरुलाई प्रारम्भिक उपचारपछि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको छ।

OM Sai Pathibhara Hospital

प्रहरीले ट्रयाक्टर चालक राजन बोटे र सह-चालक अनिल सदालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रयाक्टर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ।