राजगढ़  ।   झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहार हुँदा एकजनाको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहार हुँदा मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागिबिर्तामोड़ स्थित बिएन्डसी अस्पताल  ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

 राति आपसी विवाद हुँदा बाह्रदशी–५ कै मानपुर राजवंशीले माझीलाई रडले प्रहार गरेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोड़बाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।