धनगढी   ।   परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु  गरेको बताइन ।

आज नेपाल प्रेस युनियन कैलालीले धनगढी विमान स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रमणको तयारी भइरहेको बताउछिनl उनले भ्रमणका लागि प्रारम्भिक एजेण्डा बनाइरहेको बताउँदै आफू काठमांडू फर्केपछि प्रधानमन्त्रीसँग बसेर यस बारे छलफल अगाडि बढाउने र निर्णय समेत गरिने बताइन ।“चीनसंग कुन कुन सम्झौता भएका छन् र ती सम्झौता कहाँ पुगे भनेर जानकारी लिने काम भएको छ”, परराष्ट्र मन्त्री राणाले भनिन ,“मेरो मन्त्रालयले पनि यसमा गृह कार्य गरिरहेको छ ।”

OM Sai Pathibhara Hospital

 चीन र भारत नेपालको  छिमेकी रहेको उल्लेख गर्दै उनले यी दुई ठुला राष्ट्रसंग नेपालको सम्बन्ध परापूर्वकालदेखि रही आएको बताइन ।चीन भ्रमणको प्रारम्भिक तयारी भइरहेको जानकारी दिँदै उनले चीनपछि पुन :भारत भ्रमण गर्ने बताइन।

यसैगरी, पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री देउवाले दुई ठुला प्रतिस्पर्धी दलको सरकारलाई स्थिर रुपमा अगाडि बढाउन संयन्त्र गठन भएको बताइन ।यसैग़री , गेटा मेडिकल कलेजलाई सही ढङ्गले अगाडि बढाउनका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयले रणनीति बनाउने कार्य गरिरहेको परराष्ट्र मन्त्री देउवाको भनाइ थियो ।

उनले डडेलधुरास्थित उग्रतारा मन्दिरमा आयोजना हुने उग्रतारा मेलामा सहभागी हुनका लागि आफू आएको बताइन ।